वर्तमान सरकार आमूल परिवर्तन गर्न प्रतिवद्ध : भट्टराई

भक्तपुर : गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले वर्तमान सरकार दीर्घकालीन र अल्पकालीन योजना मार्फत् जनतालाई आत्मनिर्भर बनाएर आमूल परिवर्तन गर्न लागि परेको बताउनुभएको छ । समाज कल्याण परिषदको अनुदान सहयोगमा इरामयब जनकल्याण समाजको आयोजनामा सूर्यविनायक नगरपालिका वडा नं १० मा अचार बनाउने तालिमको समापन कार्यक्रमा बाल्दै उनले सो कुरा बताउनुभएको हो ।

सूर्यविनायक नगरपालिका वडा नं १० का तीस जना महिलाले आधुनिक प्रविधि प्रयोग गरेर गुणस्तरयुक्त अचार बनाउने तालिममा सहभागी भएको सो तालिम कार्यक्रमको समापन समारोहमा भक्तपुर जिल्ला समन्वय समिति सदस्य गीता देउजा, वडा अध्यक्ष शिवराम राउत, प्रशिक्षक हिमा नेपाल, संस्थाका अध्यक्ष मैया गिरी, प्रशिक्षार्थी थदेवी पुन लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । तालिम लिएका महिलाहरुले एकल वा सामूहिक रुपमा स्थानीय कच्चा पदार्थ प्रयोग गरेर अचारको व्यवसायिक उत्पादन चाडै शुरु गर्ने बताएका छन् ।


प्रकाशित | १३ श्रावण २०७६, सोमबार १९:५९