फेरि एकता प्रयासमा दुई राप्रपा

काठमाडौं: पद र सत्ताका लागि पटक–पटक फुट्दै र जुट्दै आएका दुईवटा राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एक हुने प्रयासमा लागेका छन् । दुवैले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने संस्थागत निर्णय गरेर पुनः पार्टी एकीकरणको पहलकदमी अगाडि बढाएका हुन् । राप्रपा संयुक्त को ५ र ६ साउनमा बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले विचार र सिद्धान्त मिल्ने पार्टी र व्यक्तिसँग एकताको पहल गर्न अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा।प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको थियो ।

राप्रपाको गत ६–८ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहलका लागि अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएपछि बसेको राप्रपा संयुक्तको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको हो । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार ०९:२३