मेरो ब्यक्तीगत तथा व्यावसायिक छवीमा आँच पुर्‍याउने उद्देश्यले भ्रामक प्रचार गरियो: कुँवर

काठमाडौं : केएमई ट्राभल एण्ड टुर प्रा.लि.का संचालनक बिनोद कुँवरले आफ्नो ब्यक्तीगत तथा व्यावसायिक छवीमा आँच पु्याउने उद्देश्यले भ्रामक प्रचार गरिएको बताउनु भएको छ । कुँवरले एक विज्ञप्ति जारी गर्दै एक अनलाईन समाचारमा कोरियन एयरलाइन्सको नियमित उडान नहुँदा धमाधम बुकिङ्घ रद्ध शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो ।

उहाँले भन्नु भएको छ, ‘उक्त समाचारमा मेरो नाम जोडेर कोरियास्थित नेपाली व्यवसायी बिनोद कुँवरले एक ट्राभल एजेन्सीसित मिलेर चार्टर्ड उडानमा करोडौं कमाइरहेकाले नियमित उडान हुन नदिएको भनि मेरो व्यक्तिगत तथा व्यावसायिक छविमा आंच पुर्याउने दुषित मनसायले म प्रति पूर्वाग्रह राखि पूर्णत कपोलकल्पीत, झुट, वदनियतपूर्ण र भ्रामक समाचार प्रकाशित भएकाले म अत्यन्त दुखित छु र यो खण्डन गरेको छु ।’

कोभिड-१९ महामारीको विषम परिस्थितिमा नियमित उडान संचालन हुन नसक्ने अवस्थामा समस्याको समाधानका लागि आफुले नेपाल र कोरिया सरकारको नीति अन्तर्गत रहि कोरियन एयर संग समन्वय र सहजीकरण प्रयास गरेको बताउँदै कुँवरले कोरियन एयर कुन सेक्टरमा कहिले चार्टड वा नियमित रुपमा उडान गर्ने नगर्ने भन्ने विषयमा आफ्नो कुनै भूमिका नरहने र यो विषय कोरियन एयरको नितान्त आन्तरिक विषय भएको उल्लेख गर्नु भएको छ ।

‘एक समाजसेवी, व्यवसायी तथा नेपाल र कोरियावीच आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रमा जनस्तर तथा सरकारीस्तरमा समेत सुमधुर सम्बन्ध स्थापित हुन सकोस् र यसवाट नेपाल र नेपालीहरुले अधिकतम लाभ हासिल गर्न सकुन भन्ने तर्फ म सदैव क्रियाशिल छु’, उहाँले विज्ञप्तिमा भन्नु भएको छ, ‘दुवै देशका सरकारले कोभिड-१९ महामारी जस्ता अवस्था विश्लेषण गरी जारी गरेको नियम निर्देशिकाको परिधि भित्र रहि आवागमन तथा पर्यटन प्रवद्र्धनमा सहजीकरण गर्नु मेरो कर्तव्य हो र यस प्रति म सदैव सचेत छु ।’

त्यस्तै, महामारी सामान्वीकरण हुँदै गरेको अवस्थामा कोरिया नेपाल लगायत संसारभरबाट नै नेपालमा नियमित उडान सुचारु भई आवागमन सस्तो, सहज, भरपर्दो र सुरक्षित हुन सकोस् भन्ने तर्फ आफुले आफ्नो तर्फवाट हर सम्भव प्रयत्न गरि रहेको र कोरिया तथा नेपालबीच पनि शिघ्रातिशिघ्र प्रतिस्पर्धी रुपमा नियमित उडान संचालन हुन सकोस् भन्दै यस तर्फ आफु निरन्तर प्रयत्नशिल रहेको र रहि रहने प्रतिवद्धता समेत ब्यक्त गरिएको छ ।

त्यस्तैगरि, विज्ञप्तिमा भनीएको छ, ‘म प्रति लान्छना लगाई एकतर्फी रुपमा प्रकाशित तथ्यहिन समाचार प्रति अविलम्ब खण्डन गरियोस् भनि आग्रह गर्दछु साथै आवश्यक परे यस समाचार प्रति सार्वजनिक रुपमा नै बहस गर्न म तयार रहेको जानकारी गराउन चाहान्छु । मेरो चरित्र हत्या गर्ने दुषित मनसायले यस्तो भ्रामक, तथ्यहिन झुटो समाचार तयार गरी प्रचार प्रसार गर्नेहरु उपर अविलम्व छानविन गरि कानून वमोजिम कार्यवाहि होस् भनि सम्बन्धित निकायसंग अनुरोध गर्दछु ।’


प्रकाशित | १९ चैत्र २०७८, शनिबार १७:१५