‘कबड्डी कबड्डी कबड्डी’को गीत रिलिज (भिडियो)

काठमाडौँ : रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत रिलीज भएको छ । गायक हेमन्त राना र रितिका श्रेष्ठको ‘दुबो फूल्यो’ बोलको गीतमा एसडी योगीको संगीत तथा हर्क साउदको शब्द रहेको छ । गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् । निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार छ । सार्वजनिक गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ ।

 


प्रकाशित | ८ श्रावण २०७६, बुधबार १२:५७