पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अबरुद्ध

सुर्खेत : पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अबरुद्ध बनेका छन् । शनिबार बेलुका परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोले सडक अबरुद्ध बनेको हो । पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।पहिरोले काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र छन्। प्रजिअ चन्द्रबहादुर कार्कीका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०८:२९