काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्र युवा समितिले यही आउने ५ डिसेम्बर २०२० मा हुने पहिलो क्षेत्रीय युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेको छ । एसिया प्यासिफिक युवा समितिका संयोजक दिपक कंडेलका अनुसार भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्देश्य विश्वभरि छरिएर रहेका युवाहरुलाई राष्ट्र निर्माण एकीकृत गराउनु हो ।

सम्मेलनको मूल नारा ‘युवा, नविनता र राष्ट्र निर्माण’ तय गरिएको छ । सम्मेलन विभिन्न ५ शत्रमा केन्द्रीत रहनेछ । विशेषतः ती शत्रहरुमा २१ औं शताब्दी र नेपालका युवाका लागि सीप, एनआरएनए दोस्रो पुस्ता र ज्ञान हस्तान्तरण, वैज्ञानिक कृषि प्रणाली र नेपाली युवाको सम्भावना, नेपालमा एनआरएन युवाका लागि अवसर र चुनौतीहरू सुरुवात तथा एसिया प्रशान्त क्षेत्रबीचको संस्कृति आदानप्रदान लगायतका विभिन्न विषयमा घनीभूत छलफल गरिनेछ ।

युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा हुने सम्मेलनमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, संघीय संसद सदस्य माननीय डा डिला संग्रौला, नागरिक समाजका अध्यक्ष निगम हुमागाई लगायतको उपस्थितिमा रहनेछ ।

सम्मेलनमा सक्रिय सहभागिताको लागि आयोजक समितिले विश्वभरका नेपाली युवालाई अनुरोध पनि गरेको छ ।

प्रकाशित | १७ मंसिर २०७७, बुधबार २१:४८