विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्कने व्यवस्था मिलाउन संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले सीमा क्षेत्र र विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरूलाई स्वदेश फर्कने ब्यवस्था मिलाउन निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरूलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रूपमा घर फर्कने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी गराउनुभयो ।

समिति बैठकले कोरोना भाइरस रोकथामका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षण बढाउन समेत सरकारलाई निर्देशन दिएको छ । साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गरी लकडाउन खुकुलो पार्न पनि सरकारलाई निर्देशन दिएको छ ।


प्रकाशित | २९ बैशाख २०७७, सोमबार १३:४७