केही मिडियाकर्मी असनको साँढेजस्तो भए : बाबुराम भट्टराई

काठमाडौं: समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले केहि मिडियाकर्मी असनको साँढेजस्तो भएको बताउँदै त्यस्तो कार्य र शैलीप्रीत असन्तुष्टि जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है यो अति निन्दनीय र गम्भीर छ । एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ मिडिया नेतृत्वको ध्यान पुगोस् ।’

एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिने क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर उठ्नुभएको थियो । भट्टराईले सोही विषयलाई लिएर मिडियाप्रति टिप्पणी गर्नुभएको हो ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १५:०२