नेपालमा एकै दिन थपिए दुई हजार २० कोरोना संक्रमित

काठमाडौं : नेपालमा शुक्रबार एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टा ८७१ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।

हाल होम आइसोलेशनमा ८ हजार ८८८जना रहेका छन् । हाल आइसीयूमा १७३ जना रहेका छन् । हाल क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेशनमा हाल ९ हजार २९५ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ३९० जनाको मृत्यु पुष्टि भएको छ ।


प्रकाशित | २ आश्विन २०७७, शुक्रबार १६:३१