नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा थप ३६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप २३३ जना डिस्चार्ज हुनुभएको छ । यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार १६:३३