एनआरएनए स्वीडेनका महासचिव दिनेश श्रेष्ठद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

स्वीडेन: गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका महासचिव दिनेश श्रेष्ठले अध्यक्षमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिव श्रेष्ठले आगामी कार्यकाल २०१९–२०२१ को लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । विगत ६ वर्षदेखि संस्थाको विभिन्न पदमा रहेर काम गर्दै आउनुभएको श्रेष्ठ एनआरएनएनमा एक इमानदार छवी बनाउँदै आउनुभएको छ ।

एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिर्दै श्रेष्ठले संस्थालाई आर्थिक रुपमा थप सबल बनाउन काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले स्वीडेनमा अत्यन्त महत्वपूर्ण र आवश्यक देखिएको परोपकारी अक्षयकोष स्थापनाको गर्ने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख, विपदको समाधानको लागि हेल्प डेक्सको स्थापना गर्ने जस्ता मुख्य एजेण्डाहरू आफ्नो चुनावी घोषणा पत्रमा अघि सार्नुभएको छ ।

त्यसैगरी उहाँले अन्य देशहरूबाट स्थानान्तरण भएर आएका नयाँ साथीहरूको लागि चाहिने आवश्यक सहयोग र त्यसका लागि अपनाउनु पर्ने प्रक्रिया र स्विडेनको कानुन सम्बन्धि ज्ञानको लागि सम्बन्धित दक्ष व्यक्ति वा कानुनी व्यवसायी मार्फत उचित सल्लाह र परामर्श दिने व्यवस्था हेल्प डेक्स मार्फत गर्ने, एनआरएनको दोश्रो पुस्ताका भाइ बहिनीहरूका लागि मातृभाषाका कक्षा सञ्चालनको लागि पहल गर्ने लगायतका प्रतिबद्धतासमेत ब्यक्त गर्नुभएको छ ।

त्यस्तै, प्रवासमा भावनात्मक तथा एकताको मार्गमा संगै अगाडि वढ्नु पर्छ भन्ने चाहना राख्ने, त्यसको लागि सबै तह तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउनका लागि प्रणका साथ आफ्नो उम्मेदवारी घोषणा गरेको विश्व सन्देशलाई जानकारी गराउनुभयो । संघको निर्वाचन आउँदो १७ अगष्टमामा हुँदैछ्।


प्रकाशित | ५ श्रावण २०७६, आईतवार २१:०१