अमेरिका भ्रमण सकाएर सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा स्वदेश फीर्ता

काठमाडौं : एक महिने पारिवारिक भ्रमण सकाएर सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा स्वदेश फीर्ता हुनु भएको छ । एक महिनाअघि अमेरिका भ्रमणमा जानु भएको मेयर थापा बुधबार स्वदेश फीर्ता हुनु भएको हो ।

मेयर थापा नगरपालिकाको काम कारवाहीलाई कुनै बाधा नपुग्ने गरि नगर सभा सम्पन्न गरेर गत असारको अन्तिम साता भ्रमणमा जानु भएको थियो । मेयर थापाको छोरा विगत दुई दशकदेखि अमेरिकामा बस्दै आउनु भएको छ ।

नगर प्रमुख थापालाई एयरपोर्टमा भब्य स्वागत गरिएको छ । नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलसहित सूर्यविनायक नगरपालिकाको सिंगो टिम, जनप्रतिनिधिहरु, शुभेच्छुक र नेकपा एमाले जिल्ला कमिटि भक्तपुरका अध्यक्ष बचन देउजासहित सयौ नेता कार्यकर्ताहरुले स्वागत गर्नुभयो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले विगतदेखि नै नगरबासीको साथ र सहयोग मिल्दै आएकै कारण नगरपालिकालाई समृद्ध बनाउन सफल हुँदै आएको बताउँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग मिल्दै जाने विश्वास ब्यक्त गर्नुभयो । मेयर थापाले आफ्नो एक महिने अमेरिका भ्रमण अत्यन्तै सफल र उपलब्धीमूलक भएको बताउनुभयो ।

नगर प्रमुख थापाले आफ्नो पहिलो कार्यकालमा चीनको भ्रमण गर्नु भएको थियो भने दोस्रो कार्यकालमा यसअघि जाईकाको निमन्त्रणमा विपद् ब्यवस्थापन सम्बन्धी तालिममा भाग लिन जापान जानु भएको थियो ।

यसअघिको चीन भ्रमण र जापानको सम्पूर्ण खर्च सम्बन्धीत देशले नै ब्यहोरेका थिए भने हाल अमेरिकाको भ्रमण नितान्त ब्यक्तीगत र पारिवारिक भएकाले सबै आफैले ब्यर्होनु भएको हो ।

 


प्रकाशित | २३ श्रावण २०८१, बुधबार २२:३२