पोखरा : गैर आवासीय नेपाली संघले प्रथम एनआरएनए जापान गण्डकी प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । एनआरएनए जापानको सहभागितामा प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गरिन लागिएको हो । बिभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउदै आएको एनआरएनए जापानले एक फरक बिषय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।
एनआरएनए जापानले खेलाडीको उत्साह , प्रोत्साहन र क्षमता बृद्धिको लागि सहभागिता जनाउने जनाएको छ । यस्ता प्रतियोगिताले आन्तरिक पर्यटन बृद्धिकोमा समेत महत्वपुर्ण भुमिका खेल्ने विश्वासका साथ एनआरएनए जापानले खेलकुद प्रतियोगिता आयोजना गरेको अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनुभयो।
प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजनाको लागि मुख्य प्रायोजनसँगै जापानबाट रासपले सहजीकरण र आर्थिक ब्यवस्थापनको लागि क्रमश परिषदका उपाध्यक्ष शिव प्रसाद पौडेल, महिला उपाध्यक्ष अनिता गुरुङ ,महासचिव बुद्धि राज घिमिरे, खेलकुद बिभाग प्रमुख लिल गुरुङ, मानार्थ परिषद सदस्य श्री गुरुङ र नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङ समितिमा रहने गरि ६ सदस्यिय समिति गठन गरेको छ । साथै समितिले शिव प्रसाद पौडेललाई संयोजक चयन गरेको छ ।
संयोजक पौडेलले परिषदलाई कुनै आर्थिक भार नपर्ने गरि आर्थिक स्रोत जुटाईने बताउनुभयो । नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङको बिशेष भुमिका र प्रस्ताव रहेको उक्त भलिवल खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी हरुको सहभागिता रहने छ। पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखरा को आयोजनामा राजकुमार गुरुङले कार्यक्रम संयोजकको ज़िम्मेवारी लिनु भएको सो आयोजना सम्पन्न गर्न करिव २४ लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो पुरस्कार ७५ हजार ५ सय ७५ रुपैयाँ, तेस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाण पत्र उपलव्ध गराइने आयोजकले जनाएको छ । त्यस्तै, सान्त्वना पुरस्कारमा २५ हजार ५ सय २५ रुपैया रहेको छ । पोखरा रंगशालामा हुने उक्त आयोजना २७ असोज बाट कार्तिक २ गते सम्म हुने नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो।
यसै गरि एनआरएनए जापानले नेपाल मा हुने महिला तथा वालवालीका को हिंम्सा बिरुद्ध न्यायिक सहयोगको लागि ५ लाख को स्रोत जुटाई माईति नेपालकी अनुराधा कोईरालाले समन्वय गर्ने गरि कार्य गरिसकेको छ , नेपालका बिभिन्न जिल्लामा गरि ५० जना बिधार्थीको लागि छात्रवृति संगै बारा पर्सामा हावा हुरी बाट प्रवाबित क्षेत्रमा सहयोगको लागि ६ लाख येन आईसिसि मार्फत प्रवाबित क्षेत्रमा सहयोग गरिसकेको छ।
प्रकाशित | २ श्रावण २०७६, बिहीबार ०९:२१