अबको निर्वाचनमा प्रचण्ड–माधवहरु पत्तासाफ हुन्छन : महेश बस्नेत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले देश र पार्टीबिरुद्ध गद्धारी गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरु निर्वाचनमा पत्तासाफ हुने बताउनुभएको छ ।

शनिबार काठमाडौँको कमलादीमा राष्ट्रिय युवा संघले गरेको भेलामा सम्बोधन गर्दै संघका पूर्व अध्यक्षमा समेत रहेका बस्नेतले अबको निर्वाचनमा पुष्पकमल दाहाल, प्रचण्डको कतै पनि जित सुनिश्चित नभएको दाबी गर्नुभयो ।

उहाँले नेकपा विभाजन गर्दै देश र पार्टीबिरुद्ध गद्धारी गरेको तथ्य सवै नागरिकले स्पष्ट रूपमा जानकारी पाइसकेको कारण अबको निर्वाचनमा प्रचण्ड–माधवहरु पत्तासाफ हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रचण्ड कमरेड, अव कहाँबाट चुनाव जित्नुहुन्छ रु अघिल्लो पटक चितवनबाट जिताइयो, अव कहाँबाट जित्नु हुन्छ रु कहाँबाट चुनाव लडनु हुन्छ रु चितवनमा अव जमानत जफत हुन्छ, रोल्पाबाट लडनु हुन्छ रु जित्न सम्भव छैन, हुम्ला जाने हो रु सम्भव छैन, काठमाडौं आउने हो रु जित्न सम्भव छैन, सिरहा वा रुकुम जाने रु त्यहाँ पनि सम्भव छैन ।’

उहाँले प्रचण्ड भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्री बन्न पुगेको पनि बताउनुभयो । पहिले राष्ट्रपति भनेर चुनाव लड्दा भित्ताको पोस्टरमा सिमित भएको भन्दै उनले प्रधानमन्त्री बन्न पार्टी फुटाउँदा अब सडकमा पुगेको बताउनुभयो ।


प्रकाशित | २५ पुष २०७७, शनिबार १९:३८