काठमाण्डौको मूलपानीमा पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गयो

काठमाण्डौ: घरको पर्खाल भत्किँदा काठमाण्डौको मूलपानीमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । मूलपानीको बाबाचोकको नजिक पर्खाल भत्किँदा ३ जनाको ज्यान गएको हो । प्हरीका अनुसार पर्खाल भत्किएर घाइते भएका उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरीका अनुसार बाराका देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादवको ज्यान गएको छ ।


प्रकाशित | २७ असार २०७६, शुक्रबार १७:४१