एनआरएनए नाइजेरियाको अधिवेशन आगामी जुलाई १४ मा गर्ने निर्णय

लेगोस /नाइजेरिया : गैर आवासीय नेपाली संघ (एनआरएनएए ) नाइजेरियाको सातौ वार्षिक साधारण तथा अधिवेशन आगामी जुलाई १४ तारिखमा गर्ने निर्णय भएको छ । संघका महासचिव रोशन थापाका अनुसार कार्यसमितिको आइतबार सम्पन्न बैठकले जुलाई १४ तारिख आइतबारका दिन नाइजेरियाको लेगोसमा अधिवेशन आयोजना गर्ने निर्णय भएको हो ।

महासचिव थापाका अनुसार यसअघि नयाँ सदस्यता र नविकरण कार्य सम्पन्न गर्ने र साधारणसभाका दिन नै नयाँ कर्यसमितिको निर्वाचन गर्ने कार्यक्रम तय गरिएको हो। बैठक संघका कार्यवाहक अध्यक्ष बिश्वास पौडेलको अध्यक्षतामा बसेको थियो ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १८:३९