नेकपा प्रचण्ड-नेपाल समूहद्वारा पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने घोषणा

काठमाडौ -नेकपाको प्रचण्ड–नेपाल समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ । सो समूहको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले सबैलाई आफ्नो कार्यक्षेत्रमा जान र संसद विघटनको विरुद्ध कार्यकर्ता र जनतामाझ प्रष्ट पादै पुष १४ का दिन विशाल प्रदर्शनको तयारी गर्न पनि निर्देशन दिएको छ । काठमाडौंमा भने मुख्य प्रदर्शन गर्ने निर्णय गरेको छ ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार १६:२८