बुद्धकृष्णको १० ईन्च लामो सुइरोले जिब्रो छेड्दा रगत आएन (फोटोफिचर)

भक्तपुर : परम्पराअनुसार जिब्रो छेड्दा रगत आउँनु हुन्न भन्ने मान्यता छ । साथै ब्रत शुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खाना खान नहुने, महिलासँग छुन नहुने, जुठो, सुतक परेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा छ ।यो वर्ष समेत गरि सातै पटक जिब्रो छेडाउनुभएको मध्यपुर थिमीका बुद्धकृष्ण बाग श्रेष्ठको जिब्रो छेड्दा रगत आएन ।

 चैत मसान्तको दिन मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाउँदै जात्रा सकिएको हो ।

बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले जिब्रो छेडाएका थिए । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा औषधि लाउनु नपर्ने मान्यता रहेको छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १८:४०