अभिनेत्री शिल्पा र निर्माता छविबीच मनमुटाव: शान्ति सुरक्षा माग गर्दै शिल्पा प्रहरीको शरणमा

काठमाडौं : अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीच मनमुटाव बढ्दा सो केस प्रहरीसम्म पुगेको छ । मनमुटावकै कारण शिल्पाले महानगरीय प्रहरी परिसर टेकुमा पुगेर सुरक्षाको माग गर्दै निवेदन समेत दिनुभएको छ । परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार छविविरुद्ध उजुरी दिनुभएको हो ।

गोप्य रुपमा विवाह बन्धनमा बाँधिएका शिल्पा र छविको जोडीको विवाहबारे गतवर्षमात्र खुलेको थियो। नायिका रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग सम्बन्धमा थिए। शिल्पालाई म्युजिक भिडियोबाट ठूलो पर्दामा प्रवेश गराएका छविले विस्तारै आफ्नै घर भित्र्याएका थिए। लामो समयसम्म सँगै बसेपनि उनीहरुले सम्बन्धबारे भने खुल्न चाहेका थिएनन्।


प्रकाशित | २६ असार २०७६, बिहीबार ०९:२१