मध्यपुर थिमीमा विविध जनचेतनामूलक कार्यक्रम र वृक्षारोपण गरि मनाइयो विश्व वातावरण दिवस

भक्तपुर: विश्व वातावरण दिवसको अवसरमा मध्यपुर थिमीमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा नेप्सेम्याक, नेपाल स्वच्छ वातावरण र नेपाल फुलबारीको सहकार्यमा अरनिको राजमार्ग आसपास क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा उपप्रमुख विजय श्रेष्ठसहित जनप्रतिनिधि तथा स्थानीयबासीको सहभागितामा जनचेतना कार्यक्रम समेत आयोजना गरिएको छ ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख श्रेष्ठले सरसफाई अभियानलाई नियमीत रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मध्यपुर थिमीलाई स्वच्छ, सफा र हराभरा बनाउने कार्य गरिरहेको बताउनुभयो ।

पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृती ल्याउने उदेश्यले संयुक्त राष्ट्र संघको आब्हानमा सन् १९ सय ७३ देखी जुन ५ को दिन विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस साताब्यापी मनाइने गरिएको छ ।


प्रकाशित | २२ जेष्ठ २०८०, सोमबार ०९:३५