चितवन कारागारका बन्दी बिरामी

चितवन : चितवन कारागारका बन्दी बिरामी भएका छन् । कारागारका कैदी बन्दीमा भाइरलको संक्रमण देखिएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । कारागारमा रहेका ७५९ बन्दीमध्ये ३५ जनालाई ज्वरो आएको छ । भाइरलको समस्या देखिएपछि सतर्कता अपनाइएको काफ्लेले बताउनुभयो ।

भाइरलको संक्रमण चाँडो बढ्न सक्ने देखिएकाले यसलाई नियन्त्रण गर्न उपचारको प्रक्रिया शुरु गरिएको छ । कारागारमा आकाशे पानी जम्ने भएकाले भाइरलको समस्या देखिने गरेको छ । कारागारमा क्यान्सरका सात, कुष्ठ रोगको एक, क्षयरोगका दुई, हेपाटाइटिस ‘बी’को एक, एचआइभी संक्रमित चार, उच्च रक्तचापका ४५ तथा मधुमेहका २० बिरामी रहेका छन् ।


प्रकाशित | २२ असार २०७६, आईतवार २१:३४