नेपालमा एकै दिन १७६ जना कोरोना संक्रमणमुक्त, कोरोना जित्नेको संख्या १५ सय नाघ्यो

काठमाडौं : नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्ख बृद्धि भएको छ । शनिबार एकै दिन १७६ जनाले कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जित्नेको संख्या १ हजार ५ सय नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १ हजार ५७८ जनाले कोरोना भाइरसलाई जितेका छन् । जसमध्ये महिलाको संख्या १४१ रहेको छ भने १ हजार ४३७ पुरुषले कोरोनालाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा सिरहा अस्पतालबाट २६ पुरुष, बाँकेको जानकीमा रहेको आइसोलेसन सेन्टरबाट ४१ पुरुष, सुशील कोइराला क्यान्सर प्रखर अस्पतालबाट ३ महिला र १० पुरुष डिस्चार्ज भएका छन् ।

त्यस्तै, कोसी अस्पतालबाट मोरङका १,१ महिला र पुरुष, खोटाङका ३ पुरुष, सुनसरीका २ महिला र १ पुरुष, उदयपुरका १,१ महिला र पुरुष, प्रदेशिक अस्पताल सुर्खेतबाट सल्यानका ११ पुरुष र सुर्खेतका १३ पुरुषले पनि कोरोनालाई जितेका छन् ।

त्यस्तै, कोभिड १९ विशेष अस्पताल दाङबाट २ महिला र ३ पुरुष, मकवानकपुरको मनहरी आइसोलेसनबाट १ महिला र ५ पुरुष, डडेलधुरा अस्पतालबाट १, १ महिला र पुरुष, अछाम जिल्ला अस्पतालबाट १ महिला र ४ पुरुष, दार्चुला अस्पतालबाट २ पुरुष, डोटी अस्पतालबाट २ महिला र ७ पुरुष कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएको प्रवक्ता डा गौतमले जानकारी गराउनुभयो ।

त्यस्तै, पछिल्लो २४ घण्टाभित्रै प्रदेशिक अस्पताल धनगढीबाट ८ पुरुष, टीकापुर अस्पताल कैलालीबाट १ महिला र ३ पुरुष, नेपालगञ्ज मेडिकल कलेजबाट कैलालीका १ महिला, महाकाली अस्पताल कञ्चनपरबाट ६ पुरुष, कैलालीका १ महिला र ७ पुरुष, भरतपुर अस्पताल चितवनबाट ३ पुरुष, नवलपरासी पूर्वका १ महिला र २ पुरुषले पनि कोरोनालाई परास्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ६ असार २०७७, शनिबार १७:३९