प्रमिशा तामाङ्लाई दोस्रो मिस जापान- नेपालको उपाधि

टोकियो :  दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिनाबाट प्रमिशा तामाङ्ले उपाधि हात पार्नुभएको छ । प्रमिशाले दोस्रो मिस जापान नेपाल २०१९ को उपाधिको साथमा नगद राशी पाउनुभएको हो । फष्ट रनरअफ रितु गौतम भईन भने सेकेण्ड रनरमा आयूषा फुलेलले हात पार्नुभएको हो ।

मिस जापान नेपाल समिति गठन गरेर आयोजना गरीएको दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिना आइतवार टोकियोमा एनआरएनएका आइसीसी सदस्य महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको थियो । २०१८ बाट शिन्जोउ कर्पोरेशनले सुरु गरेको मिस जापान नेपाल दोस्रो संस्करणमा नेपालबाट निर्णायकदेखी कोरियाग्राफ़ी लिएको थियो ।

ग्राण्ड फिनाले मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा सहित दि हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती आउनु भएको थियो ।
बिजेतालाई क्राउन, नगद र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अवसर मिस जापान नेपाल बिजेता सहित फस्ट रनरअप र सेकेण्ड रनरअपहरुले नगद पुरस्कार सहित क्राउन एवं सम्मानपत्र पाउनुभएको थियो ।

मिस जापान नेपाल २०१९ को उपाधी प्रेमिसा तामाङले हात पार्नुभएको थियो । आइतबार टोकियोमा आयोजित प्रतियोगिताको फाइनलमा सहभागी प्रतियोगिहरुलाई उछिन्दै प्रेमिसाले ताज पहिरिनुभयो । उहाँलाई मिस नेपाल ईन्टरनेशनल श्रृङखला खतिवडा तथा हिडेन ट्रेजरका गोपाल सुन्दर कक्षापति लगायतले ताज पहिर्याउनुभएको थियो । त्यसै गरी प्रतियोगितामा रितु गौतम फस्ट रनर अप, सेकेण्ड रनर अप आरिसा फुलेल तथा पब्लिक च्वाईस अवार्ड उपाधी निना राईले हात पार्नुभयो ।

जापानमा रहेका नेपाली किशोरीहरुको बौद्धिकता, क्षमता र सुन्दरता प्रस्फुटनको अवसर प्रदान गर्ने उदेश्यले मिस जापान नेपालको आयोजना गरिएको हो । यसैबीच मिस जापान नेपाल २०१९ को उपाधी जितेकी प्रेमिसा तामाङले टोकियोमा नेपाली विद्यार्थीहरुलाई खेलकुद सामाग्री हस्तांतरण गर्नुभएको छ ।

मंगलबार टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा पुगेर तामाङले पुरस्कार स्वरूप पाएको तीस हजार येन रकम हस्तान्तरण गर्नुभएको हो । समारोहमा विद्यालयका प्राचार्य प्रदीप थापा लगायतले प्रेमिसाको सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०९:३४