मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार, ४५ किशोर अझै बन्धक, उजुरी नगर्न धम्की

लहान: राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘ राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।

नयाँ पत्रीका दैनीकले आज प्रकाशित समाचार अनुसार सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो । लहान–१३ सरस्वती गाउँका रवि महतोले मासिक १० हजार रुपैयाँसम्म कमाइ हुने काम दिलाउने आश्वासन दिएर भारत लगेको पीडितले बताएका छन् ।

उनीहरूसहित नौ किशोरलाई गत १० भदौमा महतोले मुम्बई पुर्‍याएका थिए । मुम्बईनजिकै नगर भन्ने ठाउँमा एक ठेकेदारको जिम्मा लगाएपछि महतो पैसा लिएर फर्किएको पीडित किशोरहरूले बताए । अन्य चारजना भने गत असोजमै भागेर घर फर्किएका थिए ।


प्रकाशित | २२ असार २०७६, आईतवार ०७:३७