प्रवासी नेपाली एकता मंच युकेको दोस्रो बैठक: नेपाल सरकारको कोभिड कोषमा सहयोग गर्ने निर्णय

लन्डन: प्रवासी नेपाली एकता मंच युकेको दोस्रो बैठक सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न अनलाईन बैठकले बिभिन्न समसामयीक सन्दर्भ र संस्थाको आन्तरिक तथा बाह्य गतिबिधी बारेमा छलफल गर्दै सम्पन्न भएको हो ।

प्रवासी नेपाली एकता मंच यूकेका सचिव सुरेश गौतमका अनुसार बैठकले भारतले नेपालमा गरेको हस्तक्षेप, अतिक्रमणको विरोध गर्दै नेपाल सरकारले खडा गरेको कोभिड १९ कोषमा सहयोग गर्ने निणय गरेको छ ।

बैठकले भारतले गरेको सिमा अतिक्रमणको विरोधमा बेलायत स्थित नेपालका राजनीतिक पार्टीहरू सँग नजिकका सम्बन्ध भएका संघ संस्थाहरू तथा गैर आवासीय नेपाली संघ युके समेत सँग छलफल र समन्वय गरी यथासिघ्र भारतीय राजदुतावास लण्डन मार्फत भारतीय प्रधानमन्त्रीलाई एक ज्ञापन पत्र दिने निर्णय पनि गरेको छ ।

बैठकले भनेको छ, ‘नेपालमा हालै मित्रराष्ट्र भारतले नेपाली भुमि अतिक्रमण गरेर चीनको तिब्बत कैलाश मानसरोवर यात्राका लागि ८० किलो मिटर को पक्की धार्चुला लिपुलेक लिंकरोड निर्माण गरी ८ मे,२०२० का दिन उद्घाटन समेत गरेकोमा सार्वभौम मुलुक नेपालको भू भाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र राखेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको नक्साले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन भएको तथा सुगौली सन्धी देखिका ऐतिहासिक तथ्य, दस्ताबेज र प्रमाणले नेपाली भूमि हो भन्ने प्रमाणित हुदा हुदै पनि पटक पटक नेपालको अस्मिता प्रति अतिक्रमण गर्ने यस्ता भारतीय रवैयाको प्रवासमा रहेका प्रवासी नेपाली हरूको तर्फबाट घोरभत्सर्ना गर्दै बेलायत स्थित नेपालका राजनितीक पार्टीहरू संग नजिकका सम्बन्ध भएका संघ संस्थागरू तथा गैर आवासीय नेपाली संघ युके समेत संग छलफल र समन्वय गरी यथासिघ्र भारतीय राजदुतावास लण्डन मार्फत भारतिय प्रधानमन्त्रीलाई एक ज्ञापन पत्र दिइनेछ।’

त्यस्तै, बैठकले कोभिड १९ को माहामारीमा यस संस्थाका सदस्यहरू मिलन केसीका पिता तथा सरस्वती केसीका ससुरा तथा बाग्लुंग जिल्ला अमलाचौर गाबिसका पुर्ब उपाध्यक्ष कर्ण बहादुर क्षेत्रीको लगायत बेलायतमा मृत्युहुने संपूर्ण नेपालीहरू लगायत यस महामारीमा संसारभरी जीवन गुमाउनुहुने सम्पूर्ण मानवजाती प्रती हार्दिक श्रद्धांजलि ब्यक्त गर्दै बेलायतका नेपालीहरूको बस्ती भएको क्षेत्रहरूमा राहतको रूपमा अत्यावश्यक सामग्रीहरू बितरण गर्न प्रवासी नेपाली एकता मंचको क्षेत्रीय स्वयंसेवक कमिटीहरू परिचालन गर्ने निर्णय गरेको छ ।

सात्थै, प्रवासी नेपाली एकता मंचहरूले संयुक्तरूपमा प्रधानमन्त्री राहतकोषमा सहयोग समेत गर्ने निर्णय गरेको छ। यसका लागी हाल कार्यसमितीका सदस्यहरूबाट मात्र सहयोग रकम संकलन गर्ने र नपुग हुन आएको खण्डमा साधारण सदस्यहरूबाट समेत उठाउन सकने निर्णय गरिएको छ।

त्यस्तैगरि, प्रवासी नेपाली एकता मंच युकेले बिभिन्न क्षेत्रहरूमा गठन गरेको कमिटीहरू मार्फत कोभिड १९ माहामरीले असर पारेका नेपाली समुदायमा आवश्यक बस्तु तथा सेवाहरू उपलब्ध गराउन कमिटीहरू सकृय गराउने र केही बॉंकी क्षेत्रमा यथासिघ्र कमिटीहरू बनाई सहयोग गर्ने निर्णय गरेको छ।

साथै, लकडाउन समेतका कारण नेपाल यात्रा गर्न नपाएका र जोखिममा परेका ब्यत्तीहरूको बारेमा नेपाल सरकारका सम्बंधित निकायहरू संग परामर्श गर्ने निर्णय पनि गरेको छ । यस कामको निम्ती भारत, मध्यपूर्व आदी देशहरूमा रहेका नेपालीहरुको सम्बेदनसिलता लाई समेत मध्यनजर राख्दै बेलायत स्थित नेपाली राजदुतावास तथा एनआरएनए लगायत बिभिन्न संघ संस्थाहरू संग सहकार्य गर्दै प्राथमिकताको आधारमा काम गर्ने निर्णय गरिएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार १४:२४