नेपाल खेलकुद पत्रकार मञ्चले पायो नयाँ नेतृत्व : अध्यक्ष दुर्गानाथ सुवेदी निर्वाचीत

काठमाण्डौ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएका निर्वाचनले दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई अध्यक्षमा निर्वाचीत गरेको हो । सुेवीले वर्तमान महासचिव प्रकाश तिमिल्सिनालाई १४ मत अन्तरले पराजित गर्नुभएको थियो । नेपाल टेलिभिजनमा कार्यरत सुवेदीले ५५ मत प्राप्त गर्नुभयो भने प्रतिद्धन्द्धी हाम्रो खेलकुद डटकमका तिमिल्सिनाले ४१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सञ्जीव सिल्पकार निर्विरोध निर्वाचित हुनुभयो । उपाध्यक्षहरुमा कान्तिपुर दैनिकका धुव्र तुलाधर (७१)ं र इमेज च्यानलका निरञ्जन अधिकारी (५७) मत सहित विजयी भए । महासचिवमा काठमाण्डौ पोस्टका प्रज्वल ओली ६३ मत ल्याएर निर्वाचीत हुनुभयो ।

सचिवमा अन्नपूर्ण पोस्टका गोविन्द रेग्मी ५८ मतसहित विजयी हुनुभयो भने कोषाध्यक्षमा द राइजिङ नेपालका अञ्जन खड्का निर्विरोध हुनुभयो । महिला सदस्यमा राससकी मुना कार्की निर्विरोध निर्वाचित हुनुभयो । तीन जना खुला सदस्यमा राजधानी दैनिकमा दिलबहादुर तामाङ (५०), खेलपाटी डटकमका हिमबिक्रम केसी (९४४) र नागरिक दैनिकका अनिल मल्ल ठकुरी ३६ मत सहित विजयी हुनुभएको हो ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ०६:५९