विदेशबाट फर्केका र नेपालमै बेरोजगार भएकालाई सीपमुलक तालिम दिन ४ अर्ब ३४ करोड

काठमाडौं : विदेशबाट आएका र नेपालमै बेरोजगार भएकाहरुलाई सीपमुलक तालिम दिनका लागि सरकारले ४ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै विभिन्न सीपमुलक तालिम दिएर बेरोजगारलाई रोजगारी दिन लागिएको जानकारी गराउनुभएको हो ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १७:२०