‘हजार जुनी सम्म’ को रिलीज मिति एक साता पछि सर्यो

काठमाडौँ : विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म ‘हजार जुनी सम्म’ अब एक साता पछि सरेको छ । साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले अब भदौ ६ मा रिलीज हुने भएको निर्माण टीमले जनाएको छ । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । भदौ ६ मा सरेसँगै अब बक्स अफिसमा फिल्म ‘जाइरा’सँग भिडन्त हुने भएको छ ।  ‘जाइरा’को यूनिटले लामो समयदेखि भदौ ६ लाई प्रदर्शन मिति तय गरेर प्रचारलाई तिव्रता दिइरहेको छ । ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही लगायतको मुख्य भूमिका छ ।


प्रकाशित | २० असार २०७६, शुक्रबार ११:४२