विप्लव समूहलाई सरकारले वार्तामा ल्याउन चाहेन: सिटौला

विराटनगर: प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामा ल्याउन नचाहेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभएको छ । मंगलबार प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले सरकारले विप्लवलाई वार्तामा ल्याउन कुनै पहल नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१० वर्षे सशस्त्र युद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपालीले अब कुनै किसिमको हिंसा सहन सक्दैन । तर सरकार किन विप्लव समूहलाई सहमतिमा ल्याउन खोजिरहेको छैन् ।’ एक वर्षमा सरकारले कुनै प्रगति हासिल गर्न नसकेको आरोप लगाउँदै नेता सिटौलाले संवैधानिक व्यवस्थाहरुलाई मजदुब बनाउने बाटोमा सरकार हिँड्न नसकेको उल्लेख गर्नुभयो ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १४:२४