प्रदेशसभा सदस्य मनाङ्गे नेकपामा प्रवेश

पोखरा : मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी९नेकपा०मा प्रवेश गर्नुभएको छ ।

नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्कीलाई टीका खादासहित नेकपाको सदस्यता हस्तान्तरण प्रदान गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेपालका कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै मुलुकका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

विध्वंसात्मक गतिविधि सञ्चालन गर्दै आएकाहरु मूलधारको राजनीतिमा आउनाको विकल्प नभएको बताउँदै उहाँले जनताका लागि यस्ता क्रियाकलाप सह्य हुँदैन भन्नुभयो । ‘दीपक मनाङे’को प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमत भएको जिकिर गरिएको छ ।

नवप्रवेशी कार्कीले नेकपाको सिद्धान्त आत्मसात् गर्दै आफू क्रियाशील हुने बताउँदै समृद्धि र विकासको लक्ष्य वर्तमान नेकपा नेतृत्वको सरकार र पार्टीले गर्ने विश्वासका साथ आफूले पार्टी प्रवेश गरेको बताउनुभयो ।

नेकपा मनाङका अध्यक्ष एवम् सङ्घीय सांसद पाल्डेनथोपान गुरुङले प्रदेशसभा सदस्य गुरुङ पार्टीमा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय हुने विश्वास व्यक्त गर्दै यसबाट जिल्लाको समग्र विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

नेकपा कास्कीका अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापा र नेकपा प्रदेश सचिव गोविन्द नेपालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेका अवस्थामा पार्टीप्रतिको आस्था विश्वास अभैm बढ्दै गएको धारणा राख्नुभयो


प्रकाशित | १९ असार २०७६, बिहीबार १४:४६