प्रदेश नं. १ प्रदेशसभा : संसदको विषयगत समितिहरूका सभापति निर्वाचित

विराटनगर : प्रदेश नं. १ को प्रदेश सभाले विभिन्न विषयगत समितिहरुमा सभापति निर्वाचीत गरेको छ । प्रदेश सभा गठन भएको एक वर्षपछि संसदको सात विषयगत समितिहरूको बैठकबाट शुक्रबार विषयगत समितिहरूका सभापति निर्वाचित भएका हुन्।

समितिको न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा झापाका सांसद अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनारायण गनगाई निर्वाचित हनुुभएको छ ।

त्यस्तै, सामाजिक विकास समितिको सभापति पदमा संखुवासभाकी सांसद सरिता थापा खड्का, उद्योग पर्यटन वन तथा वातावरण समितिको सभापतिमा पाँचथरकी सांसद सीतादेवी थेवे, प्राकृतिक स्रोत, तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सांसद सर्वध्वज साँवा निर्वाचित हुनुभएको छ । निर्वाचित सभापतिहरूलाई आइतबार सभामुख प्रदीपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ गराइँदैछ ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार २०:५०