अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाईनलमा

एजेन्सी:  ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १-१ गोल गरे ।

खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाए । दायाँ भागबाट फिर्मिन्होको क्रसलाई डिबक्स भित्र अनमार्क रहेका जिससले सहजै गोल गर्न सफल रहे ।

७१ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।


प्रकाशित | १८ असार २०७६, बुधबार ०८:१७