अब सेना र प्रहरीको छुट्टै ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय’

काठमाडौं : आगामी तीन वर्षभित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आउने भएको छ। उचित राष्ट्रिय सुरक्षा नीती र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमता वृद्धि गर्न सरकारले विश्वविद्यालय सञ्चालन गर्न लागेको हो। राष्ट्रिय रणनीति र सुरक्षा विषयमा अध्ययन गर्न नेपाली सेना तथा प्रहरीका उच्च अधिकारी विदेश जानुपर्ने बाध्यता छ। विश्वविद्यालय स्थापनापछि सुरक्षा मामिला अध्ययन नेपालमै गर्न पाइने प्रधानसेनापति पूर्णचन्द्र थापाले बताउनुभयो ।

विश्वविद्यालय स्थापनापछि विदेशबाट पनि नेपालमा अध्ययन गर्न आउने विश्वास सेनाको छ। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति, रक्षामन्त्री सहकुलपति र प्रधानसेनापति उपकुलपति रहने प्रस्ताव छ। सेनाकै आग्रहमा रक्षामन्त्रालयअन्तर्गत रहनेगरी विश्वविद्यालय स्थापना गर्न लागिएको हो। अमेरिका, बेलायत, चीन, सिंगापुर, पाकिस्तान, बंगलादेश, चीन सिंगापुर, पाकिस्तान, बंगलादेश र मलेसियालगायत मुलुकमा प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा छन्।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार ०७:१८