काठमाडौं-२ मा स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं: काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी हुनु भएको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी हुनु भएको हो ।

गौतमले १५२२९ मत पाउनु भएको छ भने उहाँको निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गर्नु भयो । उहाँहरूको मतान्तर ३६७४ छ।

तेस्रो स्थानमा रहनु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११४१४ मत पाउनु भयो ।

गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ९४४८ मत पाउनुभयो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार ०६:१९