युरो कप छनोट फुटबलमा स्पेनको सहज जित

एजेन्सी :  युरो कप छनोट फुटबलमा स्पेनले स्विडेनलाई ३–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई पराजित गर्दै लगातार चौथो जित निकाल्न सफल भएको छ ।

स्पेनले पहिलो गोेलका लागि दोस्रो हाफनै पर्खर पर्यो । ६४ औ मिनेटमो रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ३३ बर्षका रियल मड्रिडका डिफेन्डर रामोसले १ सय ६५ औ क्यापमा २० गोल गर्न सफल भएका छन् । ८५ औ मिनेटमा अल्भारो मारोटाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओयारजाबालले ८७ औ मिनेटमा गोल गर्र्दै स्पेनलाई ३–० को सहज जित दिलाए । समुह एफमा स्पेनले ५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । स्पेनको ४ खेलबाट १२ अक छ । दोस्रो स्थानको स्विडेनको ७ अंक छ । समान ७ अंक भएपनि गोल अन्तरका आधारमा रोमानिया तेस्रो स्थानमा छ । नर्वे ५ अंक सहित चौथो र माल्टा ३ अंक सहित पाँचौ स्थानमा छ । आईसल्याण्ड अंक विहिन हुदै पुछारमा छ । समुह एफकै अन्य खेलमा रोमानियाले माल्टालाई ४–० ले हरायो । अर्को खेलमा नर्वेले फारो आईसल्याण्डलाई २–० ले पराजित गर्यो ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार १०:३९