करेन्ट लागेर एकको मृत्यु

जनकपुर :  धनुषामा एक मौलबीको करेन्ट लागेर मृत्यु भएको छ । इदउल फित्रमा नवाज पढाउन नगरपालिका वडानम्बर ३ स्थित इदगाह पुगेका सबैला ८ ठिल्ला बस्ने ३५ बर्षीय मौलबी हकिम राइनको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इदगाहमा बाजा तथा हर्न बजाउन तार जोड्ने क्रममा राइनको मृत्यु भएको जनाएको छ । ११ हजार भोल्टको तारमा आगो लागेपछि घाइते भएका मौलबीको उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार २२:११