सूर्यविनायक नगरपालिका ५ नंं वडा कार्यालय भवनको शिलान्यास, लागत ३ करोड १७ लाख

भक्तपुर:  सूर्यविनायक नगरपालिका वडा नंं ५ को भवनको शिलान्यास भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार वडा नंं ५ को वडा कार्यालय भवन र कुटुञ्जे स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले भवन निर्माणको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने जुनसुकै सहयोग हुने बताउँदै भवन समयभित्रै निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो ।

वडाध्यक्ष राजकुमार जोशीका अनुसार अन्डरगाउण्ड पार्किङसहित पाँच तलाको बन्न लागेको भवन १८ महिनाभित्र सम्पन्न भइसक्नेछ । भवनको भ्याटसहित ३ करोड १७ लाखमा ठेक्का सम्झौता भएको हो । उता निर्माण ब्यवसायीले समयअगावै निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता समेत जनाएको छ ।

वडा नंं ५ का वडा सदस्य मनोज थापाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नगरपालिका नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराई, १० वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा सरोकारवाल निकायसहित स्थानीयको बाक्लो सहभागिता थियो ।


प्रकाशित | ४ पुष २०८०, बुधबार १५:४१