शैक्षीक क्षेत्रमा अनुभवी व्यक्तित्व टिकाराम ढकाल प्याब्सन केन्द्रीय उपाध्यक्षमा अत्याधिक बहुमतका साथ विजयी

काठमाडौं :  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को भर्खरै सम्पन्न १६ औँ राष्ट्रिय महाधिवेशनबाट टिकाराम ढकाल अत्यधिक मतका साथ विजयी हुनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलका संस्थापक प्रधानाध्यापक रहनु भएको ढकाल कोशी प्रदेशको भूगोलबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्ष पदमा अत्याधिक बहुमतका साथ विजयी हुनु भएको हो ।

२०६१ देखि २०६६ को कार्यकालमा प्याब्सन मोरङको जिल्ला कार्यसमितिमा दुई कार्यकाल सदस्य, २०६६ देखि २०७० सम्मा दुई कार्यकाल सचिव र २०७० देखि २०७३ सम्मा एक कार्यकाल अध्यक्ष भई सफलतापूर्वक जिम्मेवारी समाल्नु भइसकेको छ । त्यस्तै, २०७३ देखि २०७५ कार्यकालमा कोशी प्रदेश सचिव, २०७५देखि २०७८ कार्यकालमा वरिष्ठ उपाध्यक्ष र २०७८ देखि २०८१ हालसम्म प्रदेश अध्यक्षको जिम्मेवारी समालीसक्नु भएको छ ।

 

सामाजीक क्षेत्रमा क्रियाशील रहँदै शैक्षीक क्षेत्रमा विगत दुई दशकदेखि अनुभव सँगाल्दै आउनु भएको ढकालले निजी विद्यालयहरूको सशक्तीकरण, गुणस्तरीय शिक्षा प्रवद्र्धन र शैक्षिक नीतिहरूमा आवश्यक सुधारको पक्षमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएको थियो ।

शैक्षीक क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित ढकाल संगठनात्मक रूपमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँले महाधिवेशन प्रतिनिधि हुँदै जिल्ला र प्रदेश तहमा विभिन्न जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिसक्नु भएको छ ।

२०६१ देखि २०६६ को कार्यकालमा प्याब्सन मोरङको जिल्ला कार्यसमितिमा दुई कार्यकाल सदस्य, २०६६ देखि २०७० सम्मा दुई कार्यकाल सचिव र २०७० देखि २०७३ सम्मा एक कार्यकाल अध्यक्ष भई सफलतापूर्वक जिम्मेवारी समाल्नु भइसकेको छ । त्यस्तै, २०७३ देखि २०७५ कार्यकालमा कोशी प्रदेश सचिव, २०७५देखि २०७८ कार्यकालमा वरिष्ठ उपाध्यक्ष र २०७८ देखि २०८१ हालसम्म प्रदेश अध्यक्षको जिम्मेवारी समालीसक्नु भएको छ ।

विशेष गरि उहाँको नेतृत्वमा कोशी प्रदेश प्याब्सनले निजी विद्यालयहरूको हक हितका लागि महत्वपूर्ण नीति तथा कार्यक्रमहरू अघि बढाएको थियो । केन्द्रीय उपाध्यक्षमा निर्वाचीत भएसँगै शैक्षीक क्षेत्रका अभियन्ता तथा शुभेच्छुकहरुले बधाई ज्ञापन गर्दै खुसी ब्यक्त गरिरहेका छन् ।


प्रकाशित | १ चैत्र २०८१, शनिबार १८:१०