भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगी रोग नष्ट गर्न सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालीहरुको महान् चाड बडादशैंको बेला पनि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
सोमबार भएको कार्यक्रममा डेंगी रोग सार्ने लामखुट्टेको पानीमा बिकसित हुने अण्डा, प्युपा तथा लार्भा नाशक औषधि छर्कने सम्बन्धि अभिमुखीकरण दिइएको थियो ।
डेंगी रोगबाट नगरबासीलाई बचाउन सोही अनुसारको कदम अघि सारिएको मेयर जीवन खत्रीले बताउनु भयो ।
मेयर खत्रीले रोगको महामारी फैलिनुअगाडि नै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखामार्फत डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी अभियानलाई तिब्र पारिएको मेयर खत्रीले स्पष्ट पार्नु भयो ।
डेंगी रोकथाम तथा नियन्त्रणका लागि डेंगी रोग खोज तथा नष्ट अभियानलाई नगरपालिकाले तिब्र बनाउदै लगेको हो । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान सञ्चालन गरिरहेको हो ।
प्रकाशित | २९ आश्विन २०८०, सोमबार २०:३१