आईपीएल क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका खेल आज

काठमाडौं :इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछने ।
राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

चेन्नाई लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन चाहन्छ भने दिल्ली लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । यता लिगचरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग पराजित भएको थियो ।नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आज पनि दिल्ली क्यापिटल्सबाट बेन्चमै रहने भएका छन् ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १४:०८