चलचित्र ‘आमा’ को घोषणा

काठमाडौं: आमा र छोरीको प्रेम कथालाई आधार बनाए चलचित्र ‘आमा’ निर्माण गर्ने घोषणा गरिएको छ । यो घोषणासँगै ‘आमा’ को तेस्रो चलचित्र हो । राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रका निर्माण घोषणा गरिएको हो । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।

आमा–छोरी बिचको प्रेमलाई कथामा प्रस्तुत गरिनेछ । चलचित्रमा कथा निर्देशक खनालको रहनेछ भने छायाङ्कन पनि उनैको रहनेछ । आमाको मुख्य भूमिकामा सुर्यमाला खनाल रहनेछिन् भने छोरीको भूमिका नायिका सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय रहेको चलचित्र फागुन ९ गतेबाट रिलिज हुनेछ ।

वि.स. २०२० मा हिरासिंह खत्रीले आमा नामक चलचित्र निर्माण गरेका थिए । नेपाली सिनेमा जगतको यो पहिलो चलचित्र हो । त्यसपछि २०५१ सालमा रेसराज आचार्यले नाम सापटी लिएर ‘आमा’ पुन निर्माण गरेका थिए । अब २०७६ मा निर्देशक दीपेन्द्र के खनालले नाम सापटी लिँदै आमा निर्माण गर्न लागेका हुन् ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०९:२४