काठमाडौं : रामप्रताप थापालाई सहयोगको पर्याय भन्दा फरक नपर्ला । गोरखामा जन्मेर गैर आवासीय नेपाली संघको संस्थापक तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत सम्मको यात्रा तय गर्दा पनि आफ्नो मात्रृभूमिलाई उहाँले बिर्सीनु भएको छैन, बरु अथाह माया गर्नु भएको छ । विशेषत जहाँ आवश्यकता पर्छ, त्यही रामप्रताप थापाको उपस्थिती रहन्छ । चाहे व्यक्तिगत होस् वा संस्थागत, जुनै माध्यममार्फत भएपनि सहयोगी काममा उहाँले निरन्तर अग्रसरता देखाउँनु भएको छ । काठमाडौँ, धादिङ, चितवन लगायतका जिल्लामा गरेको सहयोगको कुनै लेखाजोखा नै छैन । आफ्नै जन्मथलो गोरखामा त सहयोग नपुग्ने कुरै भएन ।

जिल्लाको सहिद लखन गाउँपालिका वडा नंं ९ नामजुङस्थित भिमसेन आधारभूत माध्यामिक विद्यालयमा उहाँको सहयोगमा नयाँ भवन निर्माण भएको छ । २०७२ सालको महाभूकम्पमा परि ध्वस्त भएको विद्यालयको भवन आकसियेन क्लाइनर प्रिन्स र किन्डरहिलफे नेपाल ट्रावे लस डोर्फ जर्मनीमार्फत १ करोड लागतमा तीन तले भवन पुर्ननिर्माण भएको छ । भवन निर्माण संगै शैक्षीक सामाग्री सहयोग गरिएको हो । साथै विद्यालयमा किन्डर गार्डेन पनि निर्माण गरिएको छ । यसका अलवा विद्यालयका २५ जना विद्यार्थीहरुलाई १२ हजारको दरले छात्राबृत्ति प्रदान गरिर्दै आएको छ ।

यो विद्यालय भिमसेन थापाको नाममा २०३३ सालमा स्थापना भएको हो । यसअघि भौतीक संरचना बनेपनि २०७२ सालको महाभूकम्पले भौतीक संरचना सबै ध्वस्त भएको थियो । फराकिलो क्षेत्रमा रहेको विद्यालयमा टेबुलटेनीस कोर्ट, बास्केटबल पनि स्थापना भएको छ ।

डेढ करोड लागतमा बनेको सो विद्यालयमा बालकक्षादेखि ५ कक्षासम्म अध्ययन भइरहेको छ । हाल ४५ जना विद्यार्थीहरु रहेका छन् । राम प्रताप थापाको पहलमा भवन निर्माण भएपछि ग्रामिण भेगका विद्यार्थीहरु लाभान्वित भएको भन्दै विद्यालयका प्रधानाध्यापक वेदप्रसाद अधिकारीले खुशी व्यक्त गर्नु भयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकरजंग थापाले नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगेको बताउनुभयो
।

शिक्षा मात्रै हैन स्वास्थ्य क्षेत्रमा पनि थापाले ठूलो योगदान पुर्याउनु भएको छ । जिल्लाको नामजुङमै उहाँले एम्बुलेन्स समेत सहयोग गर्नु भएको छ । एम्बुलेन्सको लागि १४ लाख आर्थिक सहयोग गर्नु भएको हो ।

त्यस्तै, सोही ठाउँमा थापाकै सक्रियतामा बथिङ सेन्टर निर्माण भएको छ । करिब ६० लाख बरावरको भौतीक संरचना र २५ लाख वरावरको बर्थिङ सेन्टरको सामाग्री सहयोग गरिएको छ । साथै खानेपानीको धारा पनि निर्माण गरिएको वडा नं ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकाहरुले थापाको सहयोगकै कारण गुणस्तरीय शिक्षा पाएका छन् । यस्तै विगतमा प्रसव पिडाबाट अकालमै ज्यान गुमाउन बाध्य रहेको सो क्षेत्रका महिलाहरुले अब भने वर्थिङ सेन्टर पाएका छन् । जहाँ जहाँ आवश्यकता त्यही रामप्रताप । उमेरले ७ दशक नाघिसक्दा पनि परोपकारी काममा निरन्तर सक्रियता जनाउनु आफैमा प्रशंशनीय काम हो । उहाँको सक्रियता अझै कायम रहोस्, ताकी पिछडिएका क्षेत्रका मानिसहरुको मुहारमा मुस्कान छाइरहोस् ।
प्रकाशित | १७ चैत्र २०७९, शुक्रबार १८:३७