कस्तो छ दाल भात तरकारीको व्यापार

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ले आज मंगलवार सम्म देशैभर आक्रामक व्यापार गरेको छ । यो चलचित्रले काठमाण्डौको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ ।शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो थियो ।हरेक शोमा ९५ देखि १०० प्रतिशत दर्शकको उपस्थिती छ । चलचित्रका निर्माता किरण केसीले यो व्यापारलाई आक्रामक भने । उनले भने–‘चलचित्रले सिंगल र मप्टिप्लेक्समा बम्पर कमाई गरेको छ । दर्शकले चलचित्रलाई मन पराइदिनुभएको छ ।’

समिक्षागत रुपमा मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्र हेरेर निस्किएका दर्शकले यसलाई राम्रो भनेका छन् । अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो चलचित्रले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।
यसैविच, चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी आज बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकलसँग साक्षात्कार गरेका छन् । काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, एफक्यूब लगायतका हलमा पुगेर उनीहरुले दर्शकसँग साक्षात्कार गरे ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १६:५६