भक्तपुर: भक्तपुर मध्यपुर थिमि नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठले करिब ३ हजारको अग्रता लिनु भएको छ । वडा नं. १, २, ३ र ४ को मत गनीसक्दा श्रेष्ठले २ हजार ९६७ को फराकिलो मतान्तर कायम राख्नु भएको हो ।
५ वडाको मत गनीसक्दा श्रेष्ठले ९ हजार ६७९ मत प्राप्त गर्नु भएको छ भने एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार ७१२ मत पाउनु भएको छ । त्यस्तै, मेयरमा नेमकिपाका तर्फबाट आशाहरि प्रजापतिले ६५३ मत पाउनु भएको छ भने राप्रपाका उम्मेदवार भुवन बाग श्रेष्ठले ६३५ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै, उपप्रमुखमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ८ हजार २५९ मतका साथ अग्रता कायम राख्नु भएको छ । नेकपा एमालेकी उत्तरा नेपालले ५ हजार ६३८ मत प्राप्त गर्नु भएको छ ।
यसअघि थिमिको १, २ , ३ र ५ वडामा कांग्रेस विजयी भएको छ भने वडा नं. ४ मा एमालेले विजयी शुरुवात गरेको छ ।
प्रकाशित | २ जेष्ठ २०७९, सोमबार २२:४२