वीर अस्पतालमा पत्याउनै नसिकने कारोबार : १ पैसामै १७ उपकरण !

काठमाडौं: एक पैसामा पनि सामान किन्न पाइन्छ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको कान्तिपुर दैनिकमा खबर छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो। स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुनुले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमै शंका उब्जिएको छ।

पछिल्लो पटक अस्पतालले बुधबार श्री श्रेष्ठ साइन्टिफिक टे्रडस -सप्लायर्स र्फम) को टेन्डर स्वीकृत गर्‍यो। निवेदन दिने चार र्फममध्ये सबभन्दा सस्तो मूल्यमा सामान दिने कबोलेकाले श्री श्रेष्ठको टेन्डर स्वीकृत भएको हो। अरूले १० हजारसम्म तोकेका उपकरण यो र्फमले एक पैसामा दिने भएको छ। भण्डारी सर्जिकल हाउसले ५ हजार ८ सय रुपैयाँ तोकेको अक्सिजन सिलिन्डर ट्रली श्रेष्ठले एक पैसामा दिने भएको छ। बजारमा यो उपकरणलाई ३ हजार रुपैयाँसम्म पर्छ।

गुणस्तरीय हि्वलचियरको बजार मूल्य अहिले ८ देखि १० हजारसम्म छ। प्रतिस्पर्धामा उत्रेका अन्य र्फमले यो सामानको भाउ यही हाराहारी तोकेका छन्। श्री श्रेष्ठले भने १ पैसामै अस्पताललाई दिन तयार भएको छ। १० हजार बजार मूल्यको औषधि बोक्ने ट्रली पनि एक पैसामा खरिद गरिँदै छ। लगभग ५ हजार पर्ने एक्सरे हेर्ने उपकरण (एक्सरे भीयू बक्स), ६ हजारसम्म पर्ने बिरामी सुताएर गुडाउन मिल्ने ट्रली पनि एक पैसामा श्री श्रेष्ठले दिँदै छ। अस्पतालले १७ वटा स्वास्थ्य उपकरण एक पैसाका दरले खरिद गरेको हो। श्री श्रेष्ठको २० लाख १३ हजार २ सय रुपैयाँको टेन्डर स्वीकृत भएको हो।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार ०८:३९