देशैभर गर्मी बढ्यो : यस्तो छ आजको तापक्रम

काठमाण्डौ: केहि दिन यता देशैभर गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेको काठमाण्डौको मंगलबार बिहानको तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यस्तै धनकुटाको बिहानको तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस, दिपायलको १९ दशमलव २ डिग्री सेल्सियस, विरेन्द्रनगरको २० डिग्री सेल्सियस र पोखराको १८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।  महाशाखाका अनुसार मंगलबार पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित एकैछिन पानी पर्ने संभावना रहेको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ११:०९