राष्ट्रपतिको अनावश्यक सक्रियता बढ्यो, यो लोकतन्त्रको लागी शुभ संकेत होइन: कांग्रेस नेता कोइराला

काठमाडौं:  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संवैधानिक राष्ट्रपति विद्यादेवी भण्डारीको अनावश्यक सक्रियता बढेको भन्दै लोकतन्त्रको लागि यस्तो सक्रियता शुभ संकेत नभएको विचार ब्यक्त गर्नुभएको छ । कार्यकारी राष्ट्रपति जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु समेत उपयुक्त नभएको महामन्त्री कोइरालाको तर्क छ ।

पछिल्लो समय राष्ट्रपतिको सक्रियता बढेको दावी भन्दै नेपाली कांग्रेस कोहलपुर नगर समिति, बॉकेको भेलालाई संवोधन गर्दै डा कोइरालाले भन्नुभयो, ,‘ पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतिको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन। जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संवैधानिक राष्ट्रपतिले गर्दै हिडिरहनु भएको छ। यसबाट के सन्देश दिन खोजेको ?’


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १८:५४