भारी मतसहित एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । एमाले निर्वाचन आयोगका अनुसार खसेको कूल २ हजार ९६ मतमा केपी शर्मा अ‍ोलीले १ हजार ८०८ मत प्राप्त गरेर बिजयी हुनु भयो भने उहाँको प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नु भयो ।

अहिले उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । बिहान ४ बजेबाट मतदान शुरु गरी साढे १्० बजे सम्पन्न गर्दै दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार १५:०२