एमाले महाधिवेशन : २ हजार ११४ मत खस्यो, ३९ जनाले गरेनन् मतदान, नतिजा छिट्टै आउने

काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदान सकिएको छ । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको छ । मतदान बिहान ४ बजेजेदेखि सुरू भएको थियो ।

अब केही समयपछि मतगणना सुरू हुनेछ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएकोले नतिजा पनि छिट्टै आउने जनाइएको छ ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यस्तै ओलीले प्रस्ताव गरेबाहेकबाट उपाध्यक्षका लागि  घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की चुनाव लड्नु भएको थियो भने सदस्यहरुका लागि पनि मतदान भएको छ ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनु भएको छ ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार १२:३२