अफगानलाई तालिबानले देश छाड्न नदिने

एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोकेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तालिबानहरूले काबुलको हमिद कारजाई विमानस्थल पुग्ने सडक बन्द गरेका छन् ।

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भन्नु भएको छ, “काबुल विमानस्थलमा पुग्ने सडक बन्द गरिएको छ । विदेशीहरू यो बाटो प्रयोग गर्न सक्छन् तर अफगानीहरूलाई जान अनुमति छैन ।” तालिबानको उक्त कदमले उनीहरूको शासनमा बस्नुभन्दा विदेश जान उपयुक्त हुने ठानेका हजारौं अफगानहरूलाई समस्या भएको छ ।

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अफगानहरूलाई विमानस्थल जान नदिनुका दुई कारण रहेको बताउनु भएको छ । एकातिर थुप्रै अफगानहरू विमानस्थलमा जाँदा भागदौड हुने भएकाले उनीहरूलाई बचाउन त्यसो गरिएको उनको तर्क छ भने अर्कातिर तालिबानले इन्जिनियर, डाक्टरजस्ता दक्ष जनशक्ति विदेश नजाऊन् भन्ने चाहेको उहाँले बताउनु भयो ।


प्रकाशित | ९ भाद्र २०७८, बुधबार १४:२३